क्रिप्टोकरेन्सी जस्ता अनलाइन व्यापारमा संलग्न पाइएमा कडा कारबाही

काठमाडौं, २ फागुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानुनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारबाही हुने चेतावनी दिएको छ ।
ब्युरोले आइतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले ब्युरोबाट सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्तिउपर अनुसन्धान गरी कानुनी कारबाही समेत जारी रहेका सन्दर्भमा उक्त व्यवसाय सञ्चालन तथा कारोबार नगर्न/नगराउन अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपाल राष्ट्र बैंकमार्फत गएको माघ ९ गते क्रिप्टोकरेन्सीअन्तर्गतका अनलाइन कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानुनी रहेको स्पष्ट भइसकेको छ ।
यस्ता गैरकानुनी कार्य भइरहेको कुनै सूचना प्राप्त भएमा सूचना उपलब्ध गराउन समेत ब्युरोले नागरिकमा अनुरोध गरेको छ ।
उक्त कसुरमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजायको व्यवस्था रहेको सीआईबीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।
बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा १० लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रासस
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…