साहित्यकार तारानाथ शर्मा को निधन

काठमाडौं, ३ फाल्गुन । लेखक तथा साहित्यकार तारानाथ शर्माको निधन भएको छ । मंगलबार बिहान आफ्नै निवासमा शर्माको निधन भएको हो । उनी १९९१ असार ९ गते निर्जला एकादशीको दिन जन्मिएका थिए । उनका निकटका ज्योतिष राजकुमार सुवेदीका अनुसार उनको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि हुनेछ ।
लेखनमा शोखिन शर्मा अस्वस्थताका कारण विगत एक वर्षदेखि लेखनमा सक्रिय थिएनन् । पारिवारिक सदस्यका अनुसार उनी बेला-बेलामा बिर्सने र मान्छे नचिन्ने अवस्थामा पुगेका थिए । एम. ए (अङ्ग्रेजी साहित्य), पी. एच. डी.(भाषा विज्ञान) गरेका उनले मदन पुरस्कार, साझा पुरस्कारबाट सम्मान पाएका थिए । ‘बेलाइततिर बरालिँदा’ ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो । शर्माले ‘सम र समका कृति’ का लागि २०२९ सालमा साझा पुरस्कार पाए । २०२३ सालमा रत्नश्री स्वणर्पदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कार पाउन सफल भएका थिए ।शर्माको पहिलो सिर्जना निबन्ध हो, २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा छापिएको थियो । खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकाले । ‘हिमध्वनि’ भन्ने पत्रिकाको सम्पादन गर े। उनको प्रकाशितमध्ये अन्तिम कृति ’चरी भरर’ निबन्ध सङ्ग्रह हो । उनको थर भण्डारी भए पनि बनारसमा पढ्न गएपछि नाममा शर्मा लेख्न थालेका थिए ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.8kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…