एमसीसी पारित गर्ने तयारी

काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो ।
विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो ।
प्रचण्ड र नेपाल दुवैले एमसीसीमा विरोध गरेकाले अपजस नलिने तर पारित गर्न देउवालाई रणनीतिक रुपमा साथ दिने भएका हुन् । पहिलो चरणमा एमसीसी सभामुख अग्निप्रसाद सापकोटाले टेबल गर्ने सहमति बनिसकेको छ । सापकोटाले आफू अम्पायर मात्र भएको निर्णयकर्ता दलहरु भएको भन्दै संकेत गरिसकेका छन् ।
एमसीसी टेबल भएपछि उपयुक्त समयमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी समेत भएको छ । एमसीसी टेबल भएपछि एमालेले सदन अवरुद्ध नगर्ने बुझाई समेत सत्ता गठबन्धनको छ । एमसीसीमा विगतमा पक्षमा रहेको एमालेलाई अब विपक्षमा प्रस्तुत हुन अप्ठ्यारो नै छ ।
माओवादी र नेकपा एसले एमसीसी निर्णयार्थ प्रस्तुत हुँदा अनुपस्थित जनाउने र उपस्थित संख्याको बहुमतबाट पारित गर्ने रणनीति समेत तयार भएको छ । एमालेका सांसदहरु उपस्थित भएर पक्षमा बहुमत नपुग्ने भएमा नेकपा एस र माओवादीका आवश्यक मतहरु क्रस गरेर भएपनि एमसीसी पास गर्ने सम्मको तयारी भएको बुझिएको छ ।
प्रचण्डले ‘छापामार शैली’ मा चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने प्रस्ताव दर्ता गराउन सकेको र एमसीसीमा पनि त्यही शैलीमा पारित गराउने अवस्था ल्याउनसक्ने सम्भावना पनि देखिएको छ । प्रचण्डले सभामुखविरुद्ध सम्भावित हटाउने प्रस्ताव रोक्न सकेका छन् । अर्कोतर्फ, ओलीलाई अप्ठ्यारो पार्ने देखि संवैधानिक निकायमा ओली प्रधानमन्त्री हुँदा भएका नियुक्ति अदालतबाट बदर गराउने सफलता हासिल गर्ने अपेक्षा समेत गरेका छन् ।
अहिले प्रचण्डले छापामार शैलीमा ओलीलाई एकपछि अर्को अप्ठ्यारो पारिरहेका छन् । जनयुद्ध दिवसकै दिन १ फागुनमा प्रचण्डले छापामार शैलीमा ओलीमाथि प्रहार गर्न सके । यसबाट उनले एक तीरबाट धेरै शिकार गरेका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.8kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…