ढलौटको मूर्ति सहित २ जना पक्राउ
काठमाडौं फागुन ५ ।महानगरपालिका-१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरु सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ ढाडे र रसुवा गोसाईकुण्ड नगरपालिका-५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरु फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर चोरी गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको छ ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.6kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



