भ्रष्टाचार लुकाउन मेयर मिश्रले प्रयोग गरे साइवर सेना
भक्तपुर फागुन ५ । भक्तपुरको चाँगुनाराण नगरपालिकामा अवैधानिक रुपमा संचालित इँट्टाभट्टा र जग्गा प्लटिङका कारण सर्वसाधारण जनता मारमा परेको समाचार जनरक्षा ले प्रकाशित गरेपछि आफूले गरेको गल्ती ढाकछोप गर्न मेयर सोमप्रसाद मिश्रले साइवर सेनाहरु प्रयोग गरी बहुलाह पाराले सामाजिक सञ्जालमा फेक आईडि बनाई कमेन्ट गर्न थालेका छन् ।
चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले अवैधानिक रुपमा संचालित झण्डै ६४ वटा इँट्टाभट्टालाई संरक्षण दिई सर्वसाधारण जनता इँट्टाभट्टाको धुलो र धुवाको सास्ती भोग्न बाध्य पारेको स्थानीयको गुनासो आएपछि जनरक्षा ले स्थानीयकै गुनासोको आधारमा समाचार प्रकाशित गरेको थियो । मेयर मिश्रले अवैधानिकरुपमा संचालित इँट्टाभट्टाहरुलाई संरक्षण गरेवापत प्रतिइँट्टाभट्टले बार्षिकरुपमा ३० लाखका दरले लिने गरेको र आफूलाई रकम नदिने इँट्टाभट्टालाई भने संचालन गर्न गुण्डागर्दी शैलीमा आफ्ना कार्यकर्ताहरुलाई पठाई वाधाअड्चनमा पारी रकम असुल्ने गरेको एक इँट्टाभट्टा उद्योगीले नाम नछाप्ने सर्तमा बताएका थिए ।
मेयर मिश्रलाई नजराना चढाएकै भरमा मापदण्डविपरित संचालित इँट्टाभट्टाले चाँगुनारायण आसपास वातावरण विगार्नुका साथै स्थानीयहरु धुँवा र धुलोको कारण धमाधम विरामी पर्न थालेको जनरक्षा को कार्यालयमै आई स्थानीयले गुनासो पोखेका थिए । नेकपा एमालेबाट टिकट पाई मेयर बनेका मिश्रले आफ्नो कार्यकाल सकिन लाग्दै गर्दा जसरी पनि नजिकिँदै गरेको चुनाव फेरि आफ्नो पक्षमा पार्नका लागि स्थानीय आसेपासे पत्रकार र आफ्ना कार्यकर्ता पोस्न कागजपत्र मिलाई कार्यकर्ता प्रयोग गरी व्यापकरुपमा भ्रष्टाचारजन्य गतिविधि गरी करोडौं रुपैयाँ बाँडेको नगरपालिका स्रोतले जानकारी गराएको छ ।
चाँगुनारायण नगरपालिकाका मेयरलगायत जनप्रतिनिधिहरुको भ्रष्टाचारजन्य गतिविधिकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छापा मारेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि केही दिन चाँगुनारायण नगरपालिका बन्द हुँदा सेवाग्राहीको काम नहुँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको थियो ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



