वडा कार्यालयको नाकै मुनी भू—माफियाले मासे कुलो

ललितपुर फागुन ५ । जग्गा सम्याउने बहाना बनाउँदै भू—माफियाहरुले सार्वजनिक जंगल, कुवा, राजकुलोमा जथाभावी डोजर चलाई सरकारी जग्गाको दोहोन गर्नुका साथै कृषिमा भर पर्ने कृषकहरुलाई कृषि गर्नसमेत बञ्चित बनाउने कार्य भइरहेको छ ।जग्गा सम्याउने बहाना बनाउँदै गोदावरी नगरपालिका वडा नं. १२ वडा कार्यालय पछाडिको ठेचो ५ (क) को कित्ता नं. ३०७ र ३०८ को झण्डै ६ रोपनी जग्गा सम्याउने बहानामा सदियौंदेखि चल्दै आएको कुलो मास्नुका साथै सार्वजनिक बन मासी बाटोसमेत बनाएको पाइएको छ ।
सम्बन्धित निकायबाट लिनुपर्ने स्वीकृतसमेत नलिई केही गुण्डाहरुलाई प्रयोग गरी लवाङ लामाले जथाभावी डोजर चलाएपछि स्थानीयले विरोध गरेपछि स्थानीय र गुण्डाबीच दोहोरो भिडन्त हुने अवस्था आएपछि यो विषयलाई लिएर स्थानीय कृषकहरु प्रहरीसमक्ष पुगेका थिए । त्यसपछि स्थानीय जनप्रतिनिधि, प्रहरी, बुद्धिजीवी र भू—माफिया लवाङबीच छलफलसमेत भएको थियो । छलफलपछि उक्त कुलो पुरानै अवस्थामा ल्याइदिने सहमति भए पनि अहिलेसम्म त्यो कार्य भएको छैन । स्रोतका अनुसार स्थानीयसँग १० लाखको कुरा मिलिसकेको भए पनि पीडित किसानहरुको विरोधका कारण अहिले सो जग्गा सम्याउने कार्य भने रोकिएको छ ।
यस विषयमा वडा अध्यक्ष जगतबहादुर महर्जनसँग जिज्ञासा राख्दा उनले भने, ‘राज्यले तोकेको नियमअनुसार स्थानीय तहबाट स्वीकृत लिएर मात्र जग्गा सम्याउने कार्य गर्नुपर्ने भए पनि लवाङ लामाले स्थानीय तहलाई विना जानकारी गुण्डाहरु प्रयोग गरी डोजर लगाई सदियौंदेखि कुलो मास्ने काम गरेका छन्, यसप्रति मेरो घोर आपत्तीसमेत रहेको छ ।’ सदियौंदेखि चल्दै आएको कुलो विगतको जस्तै हुनुपर्ने र राज्यले तोकेको मापदण्ड पूरा गरेको खण्डमा मात्र जग्गा सम्याउन दिने वडा अध्यक्ष महर्जनले बताए । यस विषयमा जग्गा सम्याउने कार्यमा अगाडि बढेका लवाङ लामालाई ९८५१२४३१४४ नम्बरमा फोन गर्दा उनले फोन काटे ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…