प्रहरीलाई हाई अलर्ट मा बस्न निर्देशन
काठमाडौं फागुन ५ । गठबन्धन सरकारमा अमेरिकन सरकारद्धारा सहयोग कार्यक्रम (एमसीसी) बारे असहमती, चर्काे विवाद, बहस चलिरहँदा सरकारको भविष्य अन्यौलमा त छँदैछ, त्योभन्दा पनि कतै देश नै गम्भीर संवैधानीक संकटमा फँस्दै त छैन ? भन्ने प्रस्न उठेको छ ।
एमसीसी पास गर्ने नगर्ने बारे सरकारमा आवद्ध एवम् सरकारलाई समर्थन गर्ने दलको गठबन्धन बीच असहमती भइरहँदा त्यसबाट निम्तन सक्ने असुरक्षा प्रति चासो राख्दै नेपाल प्रहरीले आफ्ना सम्पूर्ण सदस्यलाई “स्ट्याण्डवाई” रहन आदेश दिएको छ ।
बिहीबार प्रहरी हेडक्वाटरले ६ गते शुक्रबार विहान १० बजेदेखि अर्काे आदेश नहुँदा सम्म हेडक्वाटरमा कार्यरत जवानदेखि इन्स्पेक्टर सम्मका प्रहरी कर्मचारी चुस्ता पोशाकमा स्ट्याण्डवाई रहन निर्देशन दिएको छ ।
प्रहरी उच्च अधिकारीका अनुसार यस्तो आदेश सम्पूर्ण मातहत अन्तर्गत प्रहरीका सबै निकाय अन्तर्गत दिइएको स्रोतले जानकारी दिएको छ ।
समाज
थप सामाग्री
रानीबारीस्थित आसरा सुधार केन्द्रमा सामूहिक जन्मोत्सव मनाउने अभियानको शुभारम्भ
१९ घण्टा अगाडि
1.6kViews 362 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रकी अध्यक्ष नबिना…



