अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

कास्की माघ १० । पोखरा महानगरपालिका-१० रामबजार बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-७ खैरेनिटार घर भएका ३३ वर्षीय मनोज गुरुङलाई नियन्त्रित लागूऔषध ४९ एम्पुल फेनारगन, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुर्फिन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१० स्थित पश्चिम क्षेत्रीय अस्पतालको क्यान्टिनमा हो-हल्ला गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट अस्पतालचोकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
पर्सा, जिराभवानी गाउँपालिका-३ जितपुरबाट करिब २५ केजी अवैध लागूऔषध गाँजा शनिबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सेढवाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित २ जना ब्यक्तिहरुले उक्त गाँजा सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेकोबताएको छ
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…