मस्कले क्यानडाका प्रधामन्त्रीलाई गरे हिटलरसँग तुलना
न्युयोर्क, ८ फागुन
अमेरिकी विद्युती गाडी निर्माता टेस्लाका मालिक एलन मस्कले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई एडोल्फ हिटलरसँग तुलना गरेका छन् । क्यानडामा जारी ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गर्दै मस्कले ट्विटरमा ट्रुडोको आलोचना गरेका हुन् । उनको आलोचनाले ट्विटरमा तूफान ल्याएको थियो ।
क्यालिफोर्नियाको स्थानीय समयअनुसार बुधारबा मध्यरातमा ट्विट गरेका मस्कले बिहीबार सो ट्विट हटाएका थिए । ट्विटरमा मस्का ७ करोड ४० लाख फलोअर्स छन् ।
टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कले जनवरीको अन्ततिर गरेको एउटा ट्विटमा पनि ट्रक चालकहरुको आन्दोलनलाई समर्थन गरेका थिए । सरकारले ल्याएको अनिवार्य कोभिड खोप प्रावधानको विरोधमा क्यानडामा ट्रक चालकहरुले केही सातादेखि आन्दोलन गरिरहेका छन् ।
आन्दोलन जारी रहेकै बेला सरकारले आन्दोलनमा सहभागी हुनेको बैंक अकाउन्ट रोक्का गरिदिने चेतावनी दिएको छ ।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



