जथाभावी ढुंगा उत्खनन गर्दा सामुदायिक वनमा पहिरो, बस्ती जोखिममा

खोटाङ, ९ फागुन जथाभावी ढुंगा उत्खनन गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित सिस्ने हर्कटे सामुदायिक वनमा पहिरो सुरु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–सेखुवा सडक (४६ किलोमिटर) कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी रमन–गोल्डेन गुड जेभीले सामुदायिक वन क्षेत्रभिबाट ढुंगा निकाल्दा पर्यवरणीय क्षती भएको हो । पहिरो नरोकिए सोभन्दा माथिल्लो गाउँका वस्ती जोखिममा पर्ने स्थानीय बताउँछन् ।
सामुदायिक वनमा जथाभावी ढुंगा दोहन गर्दा पर्यवरणमा क्षती पुगेको भन्दै कारबाहीका लागि स्थानीय कृष्ण बुढाथोकी र प्रेम थापाले गत ५ माघमा डिभिजन वन कार्यालयमा उजुरी दिएका थिए । ढुंगा उत्खनन गरिएको क्षेत्रमा पहिरो जाने र वनपैदावर तथा पर्यावरणीय समस्या आउन सक्ने खतरा देखिएको बुढाथोकीले बताए ।
डिभिजन वन, सामुदायिक वन उपभोक्ता समिति तथा सरोकारवालासँग सम्झौता नगरी सामुदायिक वनमा सडक खनिएको, हाल सडक स्तरोन्नति गर्ने नाममा जोखिमपूर्ण भीर भत्काएर ढुङ्गा बेचबिखन गरिएको, सडकभन्दा माथिको ढुङ्गा उत्खनन गरिएको उजुरीमा उल्लेख छ । छानबिनका क्रममा सामुदायिक वन क्षेत्रबाट ढुंगा उत्खनन गरेको पुष्टि भएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख भीमबहादुर कालीकोटेले बताए ।
वडा कार्यालयको पहलमा सो सामुदायीक वन क्षेत्रबाट केही वर्षअघि मध्यपहाडी लोकमार्गबाट बुवालुङ–साप्सुधाप गोल्डेन चक्रपथ निर्माण गरिएको थियो । ठेकेदारले सो स्थानको सडकमा थुप्रिएको पहिरो पन्छाइदिने र त्यसक्रममा निस्किएको ढुंगा उसैलाई लैजान दिने निर्णय गरिएको सिस्ने हर्कटे सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष अम्बरबहादुर थापाले बताए । निर्माण कम्पनीले पहिला खसेको पहिरो पन्छाए पनि सडकमा पुःन ठूलो पहिरो खसेको छ । थापाले भने वनमा क्षती नपुगेको दावी गरे । वनमा क्षती पुग्नेगरी ढुंगा उत्खनन गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै सत्तारुढ गठबन्धन दलबाट ज्ञापन–पत्र प्राप्त भएपछि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको टोली २९ माघमा स्थलगत अनुगमनमा पुगेको थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…