ओली र अमेरिकी राजदूतबीच छलफल
काठमाडौं, ११ माघ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
ओली निकट स्रोतका अनुसार मंगलबार दिउँसो ओली र बेरीबीच बालकोटमा भेटवार्ता भएको हो ।
प्रतिनिधि सभामा एमसीसी टेबल भएपछि त्यसबारेमा छलफल गर्न बेरी बालकोट पुगेका थिए । अब बस्ने बैठकमा एमसीसीबारे संसदमा छलफल गर्ने तयारी छ तर प्रतिपक्षी एमाले भने निरन्तर संसद अवरुद्ध गरिरहेको छ।
बेरीसँगको भेटवार्ता पछि ओली प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका थिए ।
बालुवाटारमा देउवाले ओलीलाई एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । तर ओली भने संसदमा आफूहरुको प्रवेशका लागि माग सम्बोधन गर्नु पर्ने अडान राखेका छन् ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.5kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



