नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौं फागुन १३ , नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका-८ वतन भएका ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
हित बहादुरले काठमाडौं साँखुस्थित साल्खा-६ (ख) मा रहेको कित्ता नम्बर ७५९ को २ रोपनी जग्गामध्ये ८ आना जग्गा ३५ लाख रुपैयाँ मै दिन्छु भनि धनीपूर्जा र नक्शाको फोटो कपी दिई ३५ दिनमा राजिनामा पास गरिदिन्छु भनी जग्गाको बैनाको कागज बनाएर पटक पटक गरी बैंक खातामा पीडितबाट ३३ लाख रुपैयाँ जम्मा गर्न लगाई विभिन्न बहानामा जग्गा पास नगरी झुलाई रहेपछि पीडित मालपोत कार्यालय साँखुमा गई बुझ्दा उक्त जग्गा हित बहादुरको नाममा नभएको खुल्न आएको थियो ।
अन्य व्यक्तिको नाममा भएको जग्गा आफ्नो भनि बैना गर्न लगाई आफूलाई ठगी गरेको भनि पीडितले दिएको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले हित बहादुरलाई कपनबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



