लागूऔषध सहित विभिन्न स्थान मा पक्राउ
बाँके फागुन १४ , नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट करिब ३ केजी अवैध लागूऔषध चरेश सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ बस्ने ४० वर्षीय वीरेन्द्र हमाल, ३८ वर्षीया दिपा बुढा र जाजरकोट शिवालय गाउँपालिका-२ बस्ने २३ वर्षीया खिमा खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, चुरे गाउँपालिका-५ लिसबेली बस्ने आईते जाग्रीलाई करिब १३ केजी अवैध लागूऔषद चरेश जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट खानीडाँडाबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलन चोक प्रगती टोलस्थित प्रेमा चौधरीको डेरा कोठाबाट करिब ३ ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही उपमहानगरपालिका-२ सन्तोषी टोल बस्ने ३१ वर्षीय मनोज जोशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मनोज जोशीको साथमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० रक्षामार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, फेनारगन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल र र मोबाइल १ थान सहित सोही ठाउँ बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-७ चिमखोला घर भएका २१ वर्षीय सन्दिप पुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकोबताएको छ ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



