अवैध लागूऔषध सहित पक्राउ
मोरङ माघ १० । रतुवामाई नगरपालिका-८ डाँडागाउँ बस्ने ४५ वर्षीय कृष्ण राईलाई करिब ५ केजी ३ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१० औद्योगिक क्षेत्रबाट १ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१२ अन्नपूर्ण टोल बस्ने २० वर्षीय अनमोल बराललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-२१ बस्ने २६ वर्षीय राम बहादुर क्षेत्रीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख ५१२८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२४ स्थितबाट करिब ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पटेर्वासुगौली गाउँपालिका-३ बस्ने ४० वर्षीय सलढ खाँ थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



