रुस र युक्रेन बिच भिषण युद्व जारी

फागुन १९ । युक्रेनको राजधानी किभ र अन्य शहरमा बिहिबार बिहानै बिस्फोटको आवाज सुनिएको छ ।स्थानीय समयानुसार बिहान करिब तीन बजे एकपछि अर्को गर्दै चारवटा विस्फोटको आवाज सुनियो । यो बिस्फोट यति तेज थियो कि रातीको अँध्यारोमा केही पलमा लागि प्रकाश छाएको थियो ।सोसल मिडियामा योसँग सम्बन्धित थुप्रै भिडियो र फोटो अपलोड गरिएका छन् ।यद्यपि, अहिलेसम्म यी हमलाको लक्ष्य के थिए र यो हमलामा कतिजना हताहत भएका छन् र कतिजनाको मृत्यु भएको छ भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।यो बिस्फोटको केही घण्टा अघि किभको सेन्ट्रल ट्रेन स्टेशन नजिकै एउटा जोडदार बिस्फोट भएको थियो जसमा पूरा शहर थर्थराएको थियो ।रुसको हमलाका कारण सयौंले शरण लिइरहेको स्थानभन्दा केही परमात्रै यो बिस्फोट भएको थियो ।
युक्रेनको गृहमन्त्रालयका एक सल्लाहकारले हवाई हमलाका कारण आधारभूत ढाँचामाथि क्षती पुगेको बताएका छन् ।
यद्यपि, किभका मेयरले उक्त हमलामा खासै भारी क्षती नभएको बताएका छन् ।एजेन्सि
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…