सुनको मूल्य ताेलामा एक लाख रुपैयाँ नाघ्याे

9.3kViews
0
Shares
काठमाडौँ, २२ फागुन । सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा दुई हजार रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
यसअघि गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ ।
चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
Facebook Comments Box
समाज
थप सामाग्री
आज असार ३२ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
२ दिन अगाडि
3.2kViews 138 Shares Share on Facebook Share on Twitter मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज हरेक…