

चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ
काठमाडौं फागुन २४ । नाबालिकाको अश्लिल तस्वीर तथा अश्लिल स्टाटस सामाजिक सञ्चालमा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा ललितपुर, ललितपुर उपमहानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने बिकास महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी Celeb Nepal नामक यूट्यूब च्यानल सञ्चालन गरी उक्त च्यानल मार्फत् पीडितको चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको अभियोगमा गुल्मी भनभने नगरपालिका-९ स्थायी वतन भई हाल रुपन्देही बुटवल उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीको प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट दुबैजनालाई ५ दिन म्याद थप अनुमति लिई उनीहरू उपर थप अनुसन्धान भइरहेको छ ।
समाज
थप सामाग्री-
गृहमन्त्रीको फिल्ड अपरेशन : सक्रियता कि जिम्मेवारीको सीमामाथिको हस्तक्षेप ?
-
डडेल्धुरामा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
-
देशभर मनसुन सक्रिय : आज धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा अति भारी वर्षाको जोखिम
-
आज साउन ०२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
काठमाडौंमा पाँच सवारी एकआपसमा ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सीआईबीको १६औँ वार्षिकोत्सव सम्पन्न, ‘CIB Magazine’ लोकार्पण
१ दिन अगाडि
2.2kViews 161 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को १६औँ वार्षिकोत्सव…





