सुनको मूल्य एक लाख ५ हजार ५ सय पुग्यो
काठमाडौं फागुन २५। सुनचाँदी बजारमा आज सुनको मूल्यले रेकर्ड तोडेको छ । आज बुधबार छापावाल सुनको कारोबार मूल्य रेकर्ड तोड प्रतितोला एक लाख पाँच हजार ५०० पुगेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख तीन हजारमा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला २५ सयले बढेको हो । यो हालसम्म कै उच्च मूल्य हो । यसअघि सुन सबैभन्दा धेरै तोलाको १ लाख ३ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तोकिएको छ । सोको मूल्य हिजो प्रतितोला १ लाख २५ सय तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० ले बढेर एक हजार ४५० पुगेको महासङ्घले जनाएको छ ।
समाज
थप सामाग्री-
संकटमा देश: आर्थिक अस्थिरता र सुधारको चुनौती
-
पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित
-
आइजिपी दानबहादुर कार्कीमाथि नरोकिने प्रहार : पूर्व–प्रतिस्पर्धीको प्रभावमा सञ्चालित ‘मिडिया ट्रायल’ ?
-
जेन–जी आन्दोलनका दुई दिन : विध्वंश, वीरता र प्रहरीको अदम्य कर्तव्य
-
घुमुवा प्रणालीको छायाँ : डिआइजीको नाममा असुली, व्यापारी त्रसित
प्रधान सेनापतिको शुभकामना : आइजीपी दानबहादुर कार्कीलाई बधाई
१ दिन अगाडि
3.2kViews 463 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले प्रहरी महानिरीक्षक…



