नेपाल–पाकिस्तान टी–२० क्रिकेट : आरएस विध्यथ विजयी

काठमाडौं, २७फागुन
नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आयोजित नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आरएस विध्यथ क्रिकेट क्लबले प्राप्त गरेको छ ।
पाकिस्तानी राजदूतावासले सातौँ वार्षिक नेपाल–पाकिस्तान टी–२० क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा प्रतियोगिताको विजेता आरएस विध्यथ क्रिकेट क्लबलाई प्रदान गरेको हो । ९ दिने क्रिकेट प्रतियोगितामा विभिन्न नेपाली क्रिकेट क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उपविजेताको उपाधि नेक्सस क्रिकेट क्लबले पाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले यस वार्षिक कार्यक्रमको आयोजनामा दूतावासले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता खेलकुद कार्यक्रम आयोजना गरेर नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रचुर सम्भावना रहेको औँल्याए ।
पुरस्कार वितरण समारोहमा पाकिस्तानी राजदूतावासका राजदूत सैयद हैदर शाहले नेपाली युवामा यस वार्षिक कार्यक्रमको बढ्दो लोकप्रियताप्रति सन्तुष्टि व्यक्त गगरेका छन् ।
यो प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धको प्रमाण भएको राजदूत शाहले बताए । उनले दुई देशका युवाहरूलाई एक ठाउँमा ल्याउन पाकिस्तान र नेपालबीचको जनस्तरको सम्पर्कलाई अझ मजबुत बनाउन यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत दोहोर्याए । कार्यक्रममा विशेष अतिथि एच.ई. नेपालका लागि बङ्गलादेशका राजदूत श्री सलाहुद्दिन नोमान चौधरी, नेपालका लागि श्रीलङ्काका राजदूत एच.ई. सुश्री हिमाली अरुणतिलाका र नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष श्री रोशन सिंह लगायतको उपस्थिति रहेको थियो ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.9kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…