स्थानीय तह निर्वाचन : कसले कति खर्च गर्न पाउँछ ?
काठमाडौँ ।निर्वाचन आयोगले आगामी वैशाखमा गरिने स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारलाई अधिकतम ७ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलमा आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारहरूको खर्च सीमाबारे जानकारी गराएको थियो।आयोगले महानगरपालिकाअन्तर्गत विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले अधिकतम ३ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो। उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरूले अधिकतम ५ लाख ५० हजार रूपैयाँ र विभिन्न वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले २ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो । त्यस्तै नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारहरूले अधिकतम ४ लाख ५० हजार रूपैयाँ र वडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले २ लाख रूपैयाँ मात्र खर्च गर्न पाउने सीमा आयोगले तोकेको थियो। आयोगले गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्षका उम्मेदवारहरूले अधिकतम ३ लाख ५० हजार रूपैयाँ रवडाध्यक्ष र सदस्यका उम्मेदवारहरूले १ लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न पाउनेछन् ।जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरूले ५० हजार रूपैयाँसम्म र सदस्यको उम्मेदवारहरूले २५ हजार रूपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोगले तोकेको थियो । यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



