बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं फागुन २९ , बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी दाङ तुलसीपुर उपमहानगरपालिका-८ अश्वार ठेगाना भएका ३० वर्षीय अनुप पाण्डेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ घोराहीमा बैंकिङ कसूर मुद्दा दर्ता भई उच्च अदालत तुलसीपुरबाट २०७८ फागुन २५ गते पक्राउ अनुमती जारी भएको तथा ईनजिनियरिङ एण्ड ईन्फ्रा प्रोजेक्ट प्रालिबाट साईड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका पाण्डेले पीडितको सवारी साधन प्रयोग गरी सवारी साधनको भाडा बापतको रकम १ करोड ४४ लाख १७ हजार ७ सय ७६ रूपैयाँ मध्ये सानिमा बैंकको प्रर्याप्त मौज्दात नभएको चेक मार्फत १ करोड ८ लाख ५७ हजार ७ सय ७६ रूपैयाँ रकम भएको चेक दिई बैकिङ कसूर गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइने उक्त ब्यूरोले जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एसएसपी सा’प यो कुपन के का लागि हो ? किन यस्तो नौटंकी ?
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
नदीमा डुबेर एक बालकको मृत्यु
-
आज असार ४ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
आज असार ३ गते मंगलबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए
२ दिन अगाडि
1.9kViews 261 Shares Share on Facebook Share on Twitter काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक…