प्रदेश खेलकुद प्रतियोगिता सुरु
हेटौंडा फागुन २९ । हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा शनिबार साँझ एक समारोहका बीच प्रथम खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको होहेटौंडाको पिप्ले क्याम्पा रंगशालामा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले धावक वैकुण्ठ मानन्धरलाई ओलम्पिक टर्च हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन ।प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले विगतमा मन्त्रालय विभाजन गर्यो भनेर विरोध गर्नेहरुको लागि प्रतियोगिता एउटा गतिलो जवाफ भएको बताए । उनले आफ्नो नेतृत्वमा रहेको सरकार र मन्त्रीहरुले मन्त्रालय विभाजन गरेर खर्च बढाएको नभइ सबै क्षेत्रलाई प्राथमिकतामा राखेर राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने गरि काम गरिरहेको बताए ।विगत चार वर्षसम्म सरकार संचालन गर्नेहरुले गर्न नसकेको प्रतियोगिता गर्न सफल भएकाले यो सरकारको गौरवको कुरा भएको उनको भनाई छ । मुख्यमन्त्री पाण्डेले आगामी दिनमा संसद्मा छलफलको अवस्थामा रहेको उच्च शिक्षा विधेयक सदनबाट पारित गरेर सरकारले खेलकुद क्षेत्रको विकासको लागि खेलकुद एकेडेमी र विश्वविद्यालय स्थापना गरी सन्चालन गर्ने बताए ।प्रतियोगिता उद्घाटन समारोहमा मानन्धरसहित ओलम्पिया दीपक विष्ट, संगीना वैद्य र कान्छिमाया कोजु सहभागी भएका थिए । समारोहमा सेना, प्रहरी, खेलाडी तथा विद्यार्थीहरुले मार्चपास तथा झाँकी प्रदर्शन गरेका थिए ।चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा खेल समावेश गरिएको छ । फुटबल, क्रिकेट, भलिबल, तेक्वान्दो, कराँते, एथ्लेटिक्स, बक्सिङ र ब्याडमिन्टन खेललाई प्रतियोगितामा समावेश गरिएको छ । खेलहरु मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा हुनेछन् ।मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, ब्याडमिन्टन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता हुनेछ । चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेबाट कराँते खेल हुनेछ ।
काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ भने काभ्रेमा ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङको प्रतियोगिता हुनेछ । प्रतियोगिताको समापन काभ्रेको धुलिखेलमा हुनेछ ।
प्रतियोगिताको लागि ८ करोड ४ लाख रुपैयाँ रकम खर्च हुने अनुमान गरिएको छ ।रातोपाटीबाट
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



