प्रधानमन्त्री देउवा नुवाकोटमा
काठमाडौं, ३० फागुन
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नुवाकोटमा स्थानीय तहस्तरका कार्याक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।
बिहान ११ बजे नुवाकोट पुगेका देउवाले त्यहाँ दुईवटा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 
देउवाले किस्पाङ गाउँपालिका र तादी गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्ने परियारले बताए । साथै, अन्य स्थानीय तहका पार्टी कार्यकर्तासँग पनि छलफल र भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
देउवाको साथमा कांग्रेस नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, नुवाकोटका पूर्वजिल्ला सभापति जगदीशनरसिंह केसीलगायत छन् । सबै कार्यक्रम सकेर देउवा दिउँसो ३ बजेपछि काठमाडौं फर्कने नेता केसीले जानकारी दिए ।
समाज
थप सामाग्री
माया अनुभूतिमा बस्छ — प्रणय दिवसको हार्दिक शुभकामना 💖
२२ घण्टा अगाडि
2.9kViews 380 Shares Share on Facebook Share on Twitter माया शब्दमा होइन, अनुभूतिमा बस्छ। साथ जति भए पनि साँचो होस्,…



