स्वास्थ्य कार्यालय लमजुङ मा सिटामोल अभाव

लमजुङ, ११ माघ । स्वास्थ्य कार्यालय लमजुङले लमजुङका स्वास्थ्य संस्थामा सिटामोलको अभाव नभएको जनाएको छ ।
स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले सरकारी स्वास्थ्य संस्थामा पर्याप्त मात्रामा सिटामोल रहेको जानकारी दिए । उनले भने, ‘स्वास्थ्य कार्यालय लमजुङ, जिल्ला अस्पताल लमजुङ, चार नगरपालिका र चार गाउँपालिकाका स्वास्थ्य शाखाको स्टोरमा पर्याप्त सिटामोल छ ।’
जिल्लाभर ५०० एमजीको ६ लाख ९९ हजार ५ सय १० ट्याबलेट सिटामोल मौज्दात रहेकाे उनले बताए । देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, लमजुङमा अभाव नभएको स्वास्थ्य कार्यालयका प्रमुख दवाडीले दाबी गरे । कार्यालयका अनुसार स्वास्थ्य कार्यालयमै एक लाख ७३ हजार ट्याबलेट स्टक छ ।
जिल्ला अस्पतालमा तीन लाख, बेंसीशहर नगरपालिका स्वास्थ्य शाखामा १० हजार, सुन्दरबजार नगरपालिका स्वास्थ्य शाखामा ३४ हजार दुई सय १०, राइनास नगरपालिका स्वास्थ्य शाखामा ६७ हजार आठ सय, मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखामा २५ हजार पाँच सय ट्याबलेट बाँकी छ ।मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य शाखामा ४१ हजार, दोर्दी गाउँपालिका स्वास्थ्य शाखामा ११ हजार, क्व्होलासोंथर गाउँपालिका स्वास्थ्य शाखामा २७ हजार र दूधपोखरी गाउँपालिका स्वास्थ्य शाखाको स्टोरमा १० हजार ट्याबलेट सिटामोल रहेको कार्यालयले जनाएको छ । यस्तै, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर आठ हजार एक सय १४ एन्टिजेन किट रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीन हजार एक सय ५१ पीपीई सेट रहेको जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एसएसपी सा’प यो कुपन के का लागि हो ? किन यस्तो नौटंकी ?
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
नदीमा डुबेर एक बालकको मृत्यु
-
आज असार ४ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
आज असार ३ गते मंगलबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए
२ दिन अगाडि
1.9kViews 261 Shares Share on Facebook Share on Twitter काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक…