यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते
मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको एलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।प्रहरीका अनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ गद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था बुझ्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाई छ । घाइते ९ जनाको उद्दार गरी उपचारका लागि चितवन तर्फ पठाइएको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।
समाज
थप सामाग्री-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
-
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
-
आज मंसिर २२ गते सोमबार, यस्तो छ तपाईको राशिफल
एसएसपी बढुवामा ‘शक्ति–खेल’ हावी : योग्य अधिकृत छायामा, IGP कार्कीको भूमिकातर्फ सबको नजर
३ दिन अगाडि
2.3kViews 269 Shares Share on Facebook Share on Twitter काठमाडौँ। नेपाल प्रहरीमा एसपीबाट एसएसपीमा हुने बढुवा प्रक्रियामा फेरिपनि योग्यता, कार्यसम्पादन…



