मासु काट्ने दाउ प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं, ११ चैत । काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ । घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् ।
घरासयी विवाद हुँदा बिहीबार राति १०ः४० बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो । उपचारको क्रममा शुक्रबार राति ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि भक्तबहादुर फरार भएका थिए । फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१२ को ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आवश्यक अनुसान्धान गरिरहेको छ । प्रहरीले घटनामा प्रयोग गरिएको दाउसमेत बरामद गरेको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.9kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…