नेकपा माओवादी खोटाङ संयोजकमा पाण्डे
माघ १२ ।नेकपा माओवादी केन्द्र खोटाङको संयोजकमा दीपक पाण्डे चुनिएका छन् । तत्कालीन जिल्ला संयोजक देवान किराँती (पृथ्वी) नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको उपाध्यक्ष चुनिएपछि सो स्थानमा पाण्डेलाई अघि सारिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको मंगलबार बसेको बैठकले पाण्डेलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।नेकपा माओवादी केन्द्र खोटाङको कोषाध्यक्ष, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कार्यालय सदस्य, एमाले र माओवादी केन्द्र अलग भएपछि माओवादी केन्द्रको दिप्रुङ चुईचुम्मा गाउँपालिका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य बनेका पाण्डेलाई जिल्ला संयोजक तोकिएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
नेकपा माओवादी उदयपुरमा विनोद कट्वाल, सोलुखुम्बुमा असीम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इन्द्र इम्सुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राईलाई संयोजक तोकेको छ ।
बैठकले बुधबार हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आव्हान गर्दै विजयी गराउने, पहिचानको आधारमा भएको प्रदेश २ को नामाकरणलाई स्वागत गर्दै प्रदेश १ को नामकरण पहिचानकै आधारमा गर्नका लागि चौतर्फी दबाब सिर्जना गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष देवान किराँती (पृथ्वी)ले बताए ।
समाज
थप सामाग्री-
बैंक तथा वित्तिय संस्थाः हिजो ऋणीलाई भाग्ने बनायो, आज आफैं भाग्दै
-
पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्ट पनि सोधपुछमा
-
स्कुलबाट रिटायर भएका शिक्षकलाई हेलिकप्टरबाट आकाशीय बिदाई : उत्तरी गोरखामा बनेको अनौठो इतिहास
-
आज मंसिर २४ गते बुधबार, यस्तो छ तपाईको राशिफल
-
तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजक शहीद घोषणा
प्रहरी कार्यालयमा ‘बिचौलिया निषेध’ अभियान : सर्वसाधारणका लागि प्रत्यक्ष पहुँच सुनिश्चित
३ दिन अगाडि
3.5kViews 231 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले सर्वसाधारण नागरिकलाई प्रत्यक्ष सेवासम्बन्धी पहुँच…



