बस्ती जोखिम र नदीको सतह बढेपछि नियन्त्रणको काम सुरु
सिन्धुपाल्चोक, चैत १७ गते । असार १ गतेको मेलम्ची बाढीले बस्ती जोखिम र नदीको सतह बढेपछि मेलम्ची नगरपालिकाले नदी गहि-याउने काम थालेको छ । सङ्घीय र प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन पटक पटक गरेको आग्रहको सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा नदी नियन्त्रण र क्षति न्यूनीकरणका काम थालेको हो ।
मेलम्ची बाढीले उकासिएको नदीको सतहलाई गहि-याउन मेलम्ची नगरपालिकाको दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरी काम थालेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।मेलम्ची नगर र हेलम्बु गाउँपालिकाको सीमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहि-याउन थालिएको छ । नदीले कटान गरेको आवश्यक स्थानमा संरक्षण पर्खाल लगाउन थालिएको छ ।
विज्ञहरूको सुझावका आधारमा वर्षा लाग्नु पूर्व नै बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नदी गहि-याउन थालेको नगरप्रमुख अर्यालले बताउनुभयो । विज्ञहरूले नदीलाई पुरानै लयमा फर्काउन र कटान भएका स्थानमा संरक्षण पर्खाल लगाउन सुझाव दिएको भन्दै उहाँले भन्नुभयो, वर्षायाम सुरु हुन केही महिना बाँकी रहँदासमेत प्रदेश र सङ्घीय सरकारले मेलम्ची नदी नियन्त्रण र बस्ती संरक्षणमा उचित ध्यान दिएका छैनन् । गत असार १ र त्यसपछिको मेलम्ची बाढीले स्थानीयको जग्गा कटान र तीन सयभन्दा बढी घर बगाएको थियो ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.4kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



