नक्कली नोट सहित चौधरी पक्राउ

बारा चैत १८ । निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले चौधरीलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Facebook Comments Box
पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
१३ घण्टा अगाडि

1.5kViews 311 Shares Share on Facebook Share on Twitter पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७…

TOP
Shares