सांसद राजकाजी महर्जनले समाते निर्वाचन अधिकृतको कठालो
हेटौंडा, १२ माघ । ललितपुर क्षेत्र नं ३ का प्रदेश सांसद राजकाजी महर्जन विवादमा तानिएका छन् । उनले आज हेटौंडामा राष्ट्रिय सभाको मतदानस्थलमा निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको कठालो समाएका छन् ।श्रेष्ठको कठालो समाएपछि मतदानस्थलमा तनाव भएको छ । गोप्य मतदानमा माओवादी केन्द्रकी सांसद हिमाली गोलेले फोटो खिचिन् । त्यसपछि मतदान अधिकृत श्रेष्ठले उनको मोबाइल खोसेका थिए ।सांसदको मोबाइल खोसेको भन्दै ललितपुरका सांसद राजकाजी महर्जनले श्रेष्ठको कठालो समातेका थिए ।महर्जन पहिलो संविधानसभामा ललितपुर २ बाट निर्वाचित सांसद हुन् । उनी पछि मोहन वैद्य किरणसँग लागेका थिए । माओवादीमा फर्किएपछि उनी प्रदेशको सांसदमा निर्वाचित भएका थिए ।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



