लालीगुराँसले राताम्मे टिएमजे

संखुवासभा, २० चैत । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थल गुराँसको राजधानी टिएमजे क्षेत्र अहिले लालिगुराँसले राताम्मे भएकाे छ । चैत, वैशाखमा फुल्ने लालीगुराँस केही समयदेखि माघ, फागुनदेखि नै फुले पनि अहिलेसम्मै तीनजुरे वन क्षेत्र राताम्यै देखिन्छ ।
लालीगुराँस फुलेपछि गुराँसको राजधानी तीनजुरेले सबैको मन लोभ्याउने गर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुलेसँगै यतिबेला सेल्फी लिनेहरुको भीड लागेकाे छ । तीनजुरेका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भिड बढेकाे छ ।
तीनजुरेमा विश्वमा पाइने ३२ प्रजातिमध्ये २८ प्रजातिका गुराँस पाइन्छ । फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य सिजन हो । गुराँस फुल्ने सिजन सुरू भएसँगै तीनजुरे क्षेत्र रातै भएको देख्न सकिन्छ ।
गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको छ । प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने सिजन सुरु भएकाले रमाइलो भएको आन्तरिक पर्यटक छिना घिसिङले बताइन् । संखुवासभाको पाथीभरा, चौकी, मंगलबारे, गुफापोखरी हुँदै तीनजुरे–मिल्क–जलजले क्षेत्रमा गुराँसको जंगल छ । गुराँस फुल्ने सिजनमा तीनजुरे क्षेत्रमा आन्तिरक र वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।
तीनजुरे क्षेत्रमा लालीगुराँस, सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन । यस्तै, कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पाइन्छ । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ, जस्ता प्रजाति पनि रहेका छन्।
हुकरको गुराँस, पहेँलो सुनपाती, भुत्ले गुराँस, भाले सुनपाती, सानो लहरे चिमाल, हिउँ गुराँस, झन्डिने चिमाल, पुड्के गुराँस, बुलु, शाल्लु गुराँस, थाम्सनको गुराँस, रोडोडेन्ड्रोन ट्राइकोक्लाडुम, पहेलो गुराँस, खियाउने पाते गुराँस, हाँगिने गुराँस, बालिकको गुराँस, वाइटको गुराँस प्रजातिका गुराँसले तीनजुरे क्षेत्र भरिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…