आज सुनको भाउ घट्यो
18.8kViews
0
Shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९८ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।
Facebook Comments Box
समाज
थप सामाग्री
जेन–जी आन्दोलनपछि ध्वस्त संरचनाबाट सुदृढ कमाण्डसम्म : प्रहरी संगठनका अब्बल कमाण्डर दानबहादुर कार्की
१ दिन अगाडि
3.7kViews 250 Shares Share on Facebook Share on Twitter जेन–जी आन्दोलनपछि नेपाल प्रहरी केवल एउटा सुरक्षा निकाय मात्र रहेन, त्यो…



