बालबालिकालाई फाइजर खोप दिइने
काठमाडौं : सरकारले २ महिनाभित्र ५–११ वर्ष उमेरसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको फाइजर खोप दिने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार त्यसका लागि ८४ लाख डोज फाइजर खोप खरिदको प्रक्रिया अघि बढाइएको छ।अहिले १२–१८ वर्षका विद्यार्थीहरूलाई अभियानका रूपमा मोडर्ना खोप सञ्चालन भइरहेको छ। राष्ट्रिय खोप नीतिअनुसार, चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नेपालीलाई खोप लगाइसक्ने लक्ष्य छ। हालसम्म १८ वर्षमाथिका ८३ प्रतिशत व्यक्तिले पहिलो मात्रा खोप लगाइसकेका छन्। ७० प्रतिशत नागरिकले खोपको दोस्रो मात्रा लगाइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। कुल जनसंख्याको ५४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा ४६ प्रतिशतले लगाएका छन्। ६० वर्षमाथिका ज्येष्ठ नागरिक, दीर्घ बिरामी र अग्रपंक्तिमा रहेर सेवा गरिरहेका व्यक्तिलाई बुस्टर डोज खोप अभियान सञ्चालन गरिएको छ। बुस्टर डोजका रूपमा कोभिसिल्ड र एस्ट्राजेनेका खोप सबैदातृ निकायको सहयोग र सरकारले खरिद गरेर हालसम्म कुल ४ करोड ३३ लाख डोज भित्रिसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ। ती खोप विभिन्न दातृ निकायको सहयोगमा ल्याइएको हो। कतिपय खोप सरकारले खरिद गरेको हो। खोपलाई सम्बन्धित प्रादेशिक र जिल्ला स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइएको छ। सो खोप पालिका हुँदै स्वास्थ्य केन्द्रमा समेत पठाउने व्यवस्था मिलाइएको डा. मरासिनीले बताए। अहिले खोप भण्डारणमा करिब ७३ लाख डोज भण्डारणमा रहेको छ। खोप केन्द्रमा उपलब्ध रहेको डा. मरासिनीले बताए।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
१९ घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



