नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली सैनिकहरूको अदलीबदली गरिएको छ । श्री भवानीबक्स गण (शा.से.), पाँचौं डफ्फालाई बदली गर्नको लागि श्री दि फेमश महिन्द्रदल गण (शा.से.), छैठौं डफ्फाका ११७ जना नेपाली शान्ति सैनिकहरू  सेनानी दीपेश राना मगरको नेतृत्वमा यूएन चार्टर्ड विमानमार्फत बुधबार काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेका हुन् ।

सो मिसनमा कार्यरत रही आफ्नो कार्यकाल सम्पन्न गरेका ११६ जना नेपाली शान्ति सैनिकहरू सेनानी आदित्य कार्कीको नेतृत्वमा मंगलबार स्वदेश फर्किएका  थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १२४१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

Facebook Comments Box
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि

2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…

TOP
122 Shares