बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिने
काठमाडौँ । माछा मार्ने क्रममा पोखराको सेती नदीमा वेपत्ता युवकको खोजि गर्न ड्याम खोलिने भएको छ। कास्की प्रहरीले भोलि विहान ८ बजेदेखि ड्याम खोल्ने भएकाले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।
सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझ पोखरा महानगरपालिका–१ सिम्पानीका सार्की लामा तामाङ सम्पर्कविहीन छन्। पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएका थिए।
उनी बेपत्ता भएको भोलिपल्टदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजि गरिरहेको छ। शव फेला नपरेपछि बाँध खोलेर खोज्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए।
ड्याम खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन उनको आग्रह छ।
पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा वेपत्ता अर्का एकजना भने मृत फेला परेका छन्। पोखरा–१, कसेरीका ४० वर्षीय गंगा तामाङको शव फेला परेको हो। माछा मार्न गएका अरु ३ जना सकुशल उद्धार गरिएको थियो।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



