लागूऔषध सहित पक्राउ
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ बर्गदवाबाट ललितपुर महालक्ष्मी नगरपालिका-१ ईमाडोल बस्ने ३२ वर्षीय अरुण मोक्तानलाई करिब ३ ग्राम ५ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बा.७४ प ६८४९ नम्बरको मोटरसाइकलमा सवार अरुणलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ शिवधाराबाट करिब २० ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय भरत मगर समेत ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । संघिय प्रहरी ईकाइ कार्यालय धरान, ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको संयुक्त प्रहरी टोलीले भरतको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी सो कोठामा बसिरहेका उनीहरूलाई पक्राउ गरेको हो । साथै घटनाको थप अनुसन्धानको क्रममा धरान उपमहानगरपालिका-१९ बस्ने २६ वर्षीय जनम मगरलाई करिब ४ ग्राम, सोही उपमहानगरपालिका-३ बस्ने २० वर्षीय सारङ खड्गी र २२ वर्षीय राजिव मगरलाई करिब ७ ग्राम गरी थप ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ । सुर्खेत, भेरीगंगा नगरपालिका-१० तोलिखोला रत्न राजमार्गबाट नियन्त्रित लागूऔषध ८ सय ८५ ट्याब्लेट नाईट्राभेट र १ हजार दरका ९ थान नक्कली नेपाली नोट सहित वीरेन्द्रनगर नगरपालिका-१० बस्ने २६ वर्षीय आसिस बैगार समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००२००१ ख ००६३ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनीहरूको साथबाट उक्त लागूऔषध र नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।
मोरङ, जहदा गाउँपालिका-२ हरीनगराबाट करिब ५६ केजी अवैध लागूऔषध गाँजा शनिबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानबाट भारततर्फ गाँजा ओसारपसार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ गाँजा लोड भएको ४ वटा बोरा सोही स्थानमा छोडेर अपरिचित व्यक्तिहरू फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री
प्रणय दिवसको नाममा बढ्दो अस्वस्थ सम्बन्धप्रति चिन्ता
१२ घण्टा अगाडि
1.5kViews 219 Shares Share on Facebook Share on Twitter काठमाडौं। पछिल्ला वर्षहरूमा प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा युवायुवतीबीच देखिने…



