उपनिर्वाचनबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक बुधबार दिउँसो २ बजे पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी बोलाएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । ‘२ बजे सचिवालय बैठक छ । तीन बजेदेखि मस्यौदा समितिको बैठक पनि बस्छ’, खनालले जानकारी दिए ।
सचिवालय बैठकमा महाधिवेशन केन्द्रित विषयका साथै उपनिर्वाचनमा पार्टीले उम्मेदवार उठाने नउठाउनेबारे छलफल हुने नेताहरूको भनाइ छ । बैशाख १५ गते इलाम २ र बझाङ प्रदेश १ मा उपनिर्वाचन हुँदैछ । खासगरी इलाम २ मा एमालेको सहयोगमा झलनाथ खनालले उम्मेदवारी दिने चाहाना राखेका छन् । तर एमालेले स्वर्गीय सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने चर्चा चले पनि निर्णय गरिसकेको छैन । उपाध्यक्ष केशवलाल श्रेष्ठले सचिवालय बैठकका एजेन्डाबारे जानकारी नगराइएको बताए ।
‘सचिवालय बैठकका एजेन्डाका बारेमा जानकारी गराइएको छैन’, श्रेष्ठको भनाइ छ । सो पार्टीले आगामी जेठ पहिलो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्दै छ । महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न शीर्ष नेता सम्मिलित ‘दस्ताबेज मस्यौदा समिति’को बैठक चैत ६ गतेबाट बसिरहेको छ । १० गतेसम्म बस्ने बैठकले दस्ताबेजलाई अन्तिम रूप दिने तयारी छ । सो पार्टीले महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको थियो ।
समाज
थप सामाग्री-
आज फागुन ०१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
-
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगर सबैभन्दा कमजोर, विराटनगर पहिलो
-
आईजीपी दान कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
-
आज माघ २९ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
-
सुरक्षा, संयमता र विश्वसनीयताको परीक्षा
देशलाई विकास र सुशासन चाहिएको छ : रवि लामिछाने
२ दिन अगाडि
2.9kViews 332 Shares Share on Facebook Share on Twitter गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र…



