जुन देश खाद्यान्नमा परनिर्भर छ त्यो देशको कुनै राष्ट्रियता हुँदैन : सांसद सिंह
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले मुलुक नीतिगत भ्रष्टाचारले थङथिलो भएको दाबी गरेका छन् । सरकारले दुई महिना तीन महिना अघिदेखि बजेटको तयारी गरे पनि अन्तमा नेताहरूले आफू अनुकूलकै बजेट ल्याउने भन्दै सांसद सिंहले यस्तो बजेटलाई ‘बाहुबली बजेट’ को नाम दिन आग्रह गरे ।
बजेट बनाउने पार्टी र नेताले आफ्नो क्षेत्रमा २, ४ अर्बको बजेट खन्याउने तर अन्य क्षेत्रमा बजेट नै नदिने गरेकोप्रति सांसद सिंहले दुःख व्यक्त गरे । सोही अवसरमा सांसद सिंहले मुलुकको सार्वजनिक ऋणको आकार बढ्दै गएको तर विकासको गति जहिको त्यहीँ भएको भन्दै सरकारमाथि प्रश्न गरे । ‘ऋण लिएर तलब भत्ता खाने काम भइरहेको छ’ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले भने, ‘होइन भने ऋणको आकार बढ्दै गर्दा त्यसबाट कति विकास भयो ?, कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार कतिले बढ्यो ?’ सांसद सिंहले प्रश्न गरे ।
मुलुक झन् झन् आर्थिक रूपमा कमजोर बन्दै गएको भन्दै सांसद सिंहले खाद्यान्नमा समेत परनिर्भर हुनु भनेको निकै दुःखद पक्ष भएको बताए । ‘जुन देश खाद्यान्नमा परनिर्भर छ त्यो देशको कुनै राष्ट्रियता हुन्न’ सांसद सिंहले भने ।
समाज
थप सामाग्री-
गोरखा प्रहरी हिरासत मानव अधिकारमैत्री बन्यो,अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा स्तरोन्नति, बन्दीका लागि ओढ्ने–ओछ्याउनेदेखि तातो–चिसो पानीसम्मको सुविधा
-
मोरङमा हात्तीको आक्रमणबाट एक जना ठहरै
-
आश्रय सुधार केन्द्र रानीबारीमा प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीलाई भव्य स्वागत
-
आज मंसिर २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
जहाँ गए पनि विवादमा लेखापाल अकलेश सहनी, धाेबिनीबाट सरुवा भएपनि बुझबुझारत गरेनन्
जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता
१ दिन अगाडि
2.2kViews 442 Shares Share on Facebook Share on Twitter जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका…



