न्युजिल्याण्डमा सेतो शार्क टाउको काटिएको अवस्थामा फेला

काठमाडौँ । न्युजिल्याण्डको एउटा समुद्री तटमा टाउको काटिएको अवस्थामा सेतो शार्क फेला परेको छ । उक्त शार्कको बारेमा अनुसन्धान भइरहेको न्युजिल्याण्डका अधिकारीले बताएका छन् । मार्च १५ तारिखमा फेला परेको शार्कको बारेमा अधिकारीहरूले अनुसन्धान गरिरहेको न्युजविकले जनाएको छ । सङ्कटापन्न अवस्थाको शार्कको विषयमा जानकारी गराउन न्युजिल्याण्डको संरक्षण विभागले जनतासँग अपिल पनि गरेको छ । उक्त शार्क मृत अवस्थामा डुङ्गा अड्याउने ठाउँमा फेला परेको थियो । सङ्कटापन्न शार्कलाई वन्यजन्तु ऐन १९५३ अन्तर्गत न्युजिल्याण्डमा संरक्षण गरिएको छ । यसलाई मारेमा २ वर्षसम्मको जेल सजाय वा १ लाख ५१ हजार अमेरिकी डलर जरिवाना गर्ने व्यवस्था गरिएको छ । यसैगरी दुर्घटना वा अन्य कारणले मरेको खबर स्थानीय अधिकारीलाई नगर्दा पनि अनुसन्धानबाट दोषी पाइएमा ६ हजार डलरको जरिवाना हुने व्यवस्था न्युजिल्याण्डको कानुनमा उल्लेख छ ।एजेन्सी
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…