चौथो खेलमा पनि वेस्ट इन्डिजले टस जित्यो

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो टी–२० क्रिकेटमा बिहीबार पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । खेल अपरान्ह १२ः १५ बजे सुरु हुनेछ ।
पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो ।
वेस्ट इन्डिजविरुद्धको शृंखलामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान रोहित पौडेल हुन् । उनले शृंखलाको पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए । वेस्ट इन्डिजका जोन्सन चार्ल्सले पनि एउटा शतक बनाएका छन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एसएसपी सा’प यो कुपन के का लागि हो ? किन यस्तो नौटंकी ?
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
नदीमा डुबेर एक बालकको मृत्यु
-
आज असार ४ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
आज असार ३ गते मंगलबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए
२ दिन अगाडि
1.9kViews 261 Shares Share on Facebook Share on Twitter काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक…