बागमती प्रदेशसभा : विशेषाधिकार समिति गठन

काठमाडौँ । बागमती प्रदेशसभा बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ । शनिबार दिउँसो बसेको प्रदेशसभा बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको हो । प्रदेशसभा बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालको प्रस्तावमा उक्त समिति गठन गरेको हो ।
प्रमुख सचेतक ढकालले संविधानको धारा ८३ तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १६७ उपनियम (१) बमोजिम सो समिति गठन गर्न संसद्मा प्रस्ताव गरेका हुन् । प्रमुख सचेतक ढकालको उक्त प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक गोविन्द लम्साल, एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसूदन पौडेल, राप्रपा संसदीय दलकी सचेतक कुमारी तामाङ र नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए ।
बैठकमा प्रस्तुत भएको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले स्वीकृतिका लागि पेश गरेका थिए । सभामुख पाठकले पेश गरेको उक्त प्रस्ताव बहुमतले स्वीकृत गरिएको हो । बैठकले सो समितिमा १७ सदस्यको नाम अनुमोदन समेत गरेको छ । प्रदेशसभा बैठक जेठ ६ गते ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…