यस्तो रहनेछ आजको मौसम
काठमाडौँ । हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जसको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणयतादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भ(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेस प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेकोले यस क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
समाज
थप सामाग्री-
‘हाइ प्रोफाइल’ अतिक्रमण रोक्ने महानगरको तयारी, सुकुम्बासी बस्तीमा हलचल
-
जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए: ओली
-
पर्सामा ट्राफिक प्रहरीद्वारा खुलेआम असुली सुरु, ‘जेनजी आन्दोलन’को मर्ममै चोट
-
थापाथली विवादमा बालेनका ‘इमानदार सिपाही’ राजुनाथ पाण्डे विवादको केन्द्रमा
-
सम्पादकीय : आईजीपी नियुक्तिमा लविङ, लोभ र लाजको अन्तिम परीक्षा
आईजीपी नियुक्तिमा सौदाबाजीको छाया : सुशासनको परीक्षामा प्रधानमन्त्री कार्की
२३ घण्टा अगाडि
4.3kViews 412 Shares Share on Facebook Share on Twitter काठमाडौं। नेपाल प्रहरीमा नयाँ महानिरीक्षक (आईजीपी) नियुक्तिको घडी नजिकिँदै जाँदा सत्ता,…



