पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अवरुद्ध

गलकोट । गएराति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् ।  मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन् । कालीगण्डकी करिडोर अन्तर्गतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।मध्यपहाडी राजमार्ग अन्तर्गत बागलुङका विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको काठेखोला गाउँपालिका–६ इनारपानी, गलकोट नगरपालिका–३ बतासे डाँडा, गलकोट नगरपालिका–९ गल्याङ र बडिगाड गाउँपालिका–२हाँडीखोलामा पहिरोले रडक पूर्ण रूपले अबरुद्ध भएको छ । पहिरोका कारण बागलुङ– कुश्मीशेरा सडकको दव्ल्याङ खण्ड पनि अबरुद्ध भएको छ ।  बाटो खोल्ने प्रयास जारी रहेको सूचना अधिकारी यादवले बताए ।

Facebook Comments Box
TOP
119 Shares