आँगनमा आगो तापेर बसिरहेकालाई टिपरले हान्यो : २ जनाको मृत्यु, ३ घाइते

गुलरिया : बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ३ सतपतिया निवासी घरको आँगनमा आगो तापेर बसिरहेका ४५ वर्षीय रामु थारु छिमेकीहरुसँग कुराकारीमै ब्यस्त थिए। सोमबार सम्साँझैमा एक्कासी टिपर आएर आगो तापेर बसिरहेका उनीहरुलाई ठक्कर दियो।
टिपरको ठक्करले ४५ वर्षीय सोमबहादुर विकको घटना स्थलमै मृत्यु भयो। थारुको नेपालगञ्ज स्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो।टिपरको ठक्करले ४५ वर्षीय सोमबहादुर विकको घटना स्थलमै मृत्यु भयो। थारुको नेपालगञ्ज स्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो।
घर अगाडि नै काल बनेर आएको टिपरले एकैछिनमा दुई जनाको ज्यान लियो। तीन जना घाइते भए। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले घटनाबाट स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ निवासी १९ वर्षीय टिपरका सहचालक लक्ष्मण सुनार घाइते भएको बताए। सुर्खेतबाट जमुनी बर्दियाको भित्री सडकतर्फ गैरहेको भे १ क १४९५ नम्बरको टिपरले आगो तापेर घर अगाडि बसिरहेकालाई ठक्कर दिएको हो।
‘हामीले टिपरका चालक सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ निवासी ३३ वर्षीय दुर्गा वि.क. लाई तत्काल नियन्त्रणमा लिइ घटनाको सुस्म अनुसन्धानलाई अगाडि बढाएका छौं’, उनले थपे, ‘घटना स्थलको प्रारम्भिक अनुसन्धानबाट टिपर अनियन्त्रित भइ दुर्घटना भएको खुलेको छ। क्रमशः अन्य कुराहरु पनि पत्ता लगाउने क्रममा छौं। केही दिनमा वास्तविक तथ्य उजागर गर्छौं।’घटनास्थल क्षेत्रमा स्थानीयले आक्रोश ब्यक्त गरेका छन्। दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै स्थानीय सडकमा उत्रिएका छन्। ‘उनीहरुको मागलाई हामीले गम्भीर रुपमा लिइ अनुसन्धान अघि बढाएका छौं’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक इश्वर कार्कीले भने, ‘चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको मेडीकल रिपोर्टबाट पाएका छौं। थप गाडीको मेकानिकल टेष्ट गर्छौं। शवलाई पोष्ट मार्टमका लागि अस्पताल लगिएको छ।’बढैयातालमा भएको दुर्घटनाले सिंगो सतपतिया गाउँ नै शोकाकुल भएको छ। सवारी चलाउँदा चरम लापरवाही गर्ने चालकलाई हदैसम्मको कारवाही गर्नुपर्ने स्थानीय एवम् नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव शम्भुप्रसाद रिजालले बताए। तीन जना घाइतेहरु उपचारका क्रममा छन्। उनीहरुको उपचारको व्यवस्था गर्दै पीडितलाई उचित क्षतिपूर्तिको ब्यवस्था गर्नुपर्ने रिजालको भनाइ छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
एसएसपी सा’प यो कुपन के का लागि हो ? किन यस्तो नौटंकी ?
-
असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
-
नदीमा डुबेर एक बालकको मृत्यु
-
आज असार ४ गते बुधबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
आज असार ३ गते मंगलबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन

अस्पतालको तनावले फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर सशुकल भेटिए
२ दिन अगाडि
1.9kViews 261 Shares Share on Facebook Share on Twitter काठमाडौं- रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक…