पूर्वमुख्यमन्त्री कार्कीले अनसन घोषणा गरेपछि प्रशासनले तोक्यो निषेधित क्षेत्र

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरूद्ध प्रदेशसभामा अनसन गर्ने घोषणा गरेपछि स्थानीय प्रशासनले विराटनगरका केही क्षेत्रलाई निधेषित क्षेत्र घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा, जुलुस, धर्ना लगायतका गतिविधिमा रोक लगाएको हो।
आफ्नो कार्यकालमा लागू गरिएका केही कल्याणकारी योजना वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले हटाइदिएको भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि प्रदेश सभा परिसरमा अनसन बस्ने घोषणा गरेका थिए।
प्रशासनले मंगलबार दिउँसो जरूरी सूचना जारी गर्दै आजै दिउँसो ३ बजेदखि लागू हुने गरी निषेधित क्षेत्र तोकेको हो। प्रशासनले जारी गरेको सूचनामा कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
केदारनाथ हेलिकप्टर दुर्घटना ७ जना यात्रुको मृत्यु
-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन
१ दिन अगाडि
2.1kViews 190 Shares Share on Facebook Share on Twitter काठमाडौं । ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् ।…