भिजिट भिसामा मानव तस्करी

काठमाडौं : भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको रहस्य खुलेको छ। वैदेशिक रोजगारीमा जान चाहने युवालाई प्रलोभनमा पारेर सेटिङ मिलाई भिजिट भिसामा पठाउने गरेका छन्। यसमा तस्कर, म्यानपावर व्यवसायी, प्रहरी तथा अध्यागमन विभागलगायतको मिलेमतो पाइएको छ। ठगिएका पीडितले धमाधम उजुरी दिन थालेपछि तस्करी हुने गरेको खुलेको हो। मानव तस्करी र बेचबिखनका उजुरी बढेको मानव बेचबिखन अनुसन्धान ब्युरोका इन्सपेक्टर मधु खड्काले बताए। ‘यसरी गएका श्रमिक गन्तव्यस्थलमा अलपत्र परेको उजुरी आउने क्रम बढ्दो छ,’ उनले भने, ‘दुबईमा भिजिटमा गएर अलपत्र गरेका १२ जना युवाले हालै अनुसन्धान ब्युरोमा आएको छ।’ कतिपय युवा जानाजान श्रम स्वीकृति नलिएर भिजिट भिसामा जाने गरेको पाइएको छ। अधिकांशलाई भने तस्करले झुक्याएर पठाउने गरेका छन्। भिजिट भिसाबारे अध्ययन गर्न सरकारले श्रम, गृह, परराष्ट्र तथा पर्यटन मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदल नै गठन गरेको छ। ठगीमा परेको र उजुरी गर्ने क्रम सुरु भएको गुनासो आउन थालेपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्या समाधान गर्न चासो देखाएका हुन्। आकर्षक रोजगारी लगाइदिने भन्दै भिजिट भिसामा खाडी पु¥याएर अलपत्र पार्नेलाई कारबाही गर्ने श्रेष्ठ बताउँछन्। ‘सरकार यसमा गम्भीर छ,’ उनले भने । ठग्ने कार्यमा मेनपावर, कन्सल्ट्यान्स, ट्राभल्स सञ्चालक, दलाल तथा बिचौलिया संलग्न पाइएको छ। कल सेन्टर चौबिसैघण्टा चालू हुने र तुरुन्तै रेस्पोन्स गर्ने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए। भिजिट भिसामा ८० हजार हाराहारी युवा विदेश गएको मन्त्रालयको अनुमान छ। भिजिट भिसाले वैदेशिक रोजगारीकै बदनाम भएकाले व्यवस्थित गर्न लागिएको प्रवक्ता घिमिरेले बताए । ‘घरेलु श्रमिक खुला गर्न र सेवा शुल्क समयानुकूल बनाउने गृहकार्य भइरहेको छ,’ प्रवक्ता घिमिरेले भने, ‘यसो भए भिजिट भिसाका नाममा हुने मानव तस्करी रोकिन्छ।’ नियमानुसार म्यानपावरले श्रमिकबाट १० हजार रुपैयाँ मात्रै लिन पाउँछन्। सोही व्यवस्था छल्न भिजिट भिसामा पठाएर अलपत्र पार्ने गरेका छन् । दैनिक डेढ सयभन्दा बढी श्रमिक भिजिट भिसाका नाममा विदेश उड्ने गरेका छन्। धेरैजसोलाई दुबई, कुवेत, इराक तथा सिरियामा घरेलु श्रमिकमा लगाइने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागले अवैध रूपमा नपठाउन र नजान भनेपनि कार्यान्वयन भएको छैन । यसरी गएकाको हकमा वैदेशिक रोजगार ऐन आकर्षित हुँदैन। उनीहरू समस्यामा परे उद्धार तथा सेवासुविधा दिलाउन समस्या पर्छ। स्वयं व्यक्ति नै जिम्मेवार हुनुपर्छ। बढ्दो बेरोजगार, नाजुक आर्थिक अवस्थाले महिलाहरूसमेत विदेश जाने प्रवृत्ति बढ्दै गएको छ। अन्नपूर्ण पोस्ट बाट

Facebook Comments Box
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि

2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…

TOP
Shares