५६ अंकले बढ्यो नेप्से
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बजार उच्च अंकले बढ्दा परिसूचक २६५३.५८ बिन्दुमा उक्लिएको छ । आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको घट्दा २ कम्पनीको भने मूल्य स्थिर रह्यो । कुल १ करोड ५० लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा समग्रमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नाग्दी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । कारोबार रकमका हिसाबले आइतबार सहास ऊर्जा शीर्ष स्थानमा रह्यो । यसको ६३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।
दोस्रो नम्बरमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर तथा विकास कम्पनीको २५ करोड ५७ लाख रुपैयाँको कारोबार भयो । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । फाइनान्स उपसमूहमा भने लगानीकर्ता सबैभन्दा बढी झुम्मिए । यो उपसमूहको सूचक ६.३० प्रतिशतले बढेको छ ।
समाज
थप सामाग्री-
प्रहरी जिम्मेवारी र फौजदारी डरबीच : पूर्व डीएसपी गोबिन्द पन्थीको प्रश्न — “अब कसरी निडर भएर ड्युटी गर्ने ?”
-
दान बहादुर कार्की : संक्रमणकालमा प्रहरी संगठनलाई नेतृत्व प्रदान गर्ने सक्षम व्यक्ति
-
एआईजी दान कार्कीको प्रतिबद्धता : “जेनजीको चाहना सुशासन र विकास — प्रहरी पूरा गर्न तत्पर”
-
आज कार्तिक २२ गते शनिबार, यस्तो छ तपाईको राशिफल
-
आफताव आलमको मृत्यु
प्रहरीको हतियार लुट्ने थप १ जना पक्राउ
२० घण्टा अगाडि
3.4kViews 271 Shares Share on Facebook Share on Twitter काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीको हतियार लुटमा संलग्न थप एक जनालाई…



