संसदीय समितिमा अड्किए १८ विधेयक

काठमाडौँ । काठमाडौँ । दशैँ सकिएर संघीय संसदमा कर्मचारीहरू उपस्थित भए पनि सांसदहरू उपस्थित नहुँदा विषयगत समितिहरूको बैठक अगाडि बढ्न सकेको छैन । समितिको बैठक बस्न नसक्दा संसदमा विचाराधीन विधेयकमाथिको छलफल प्रक्रिया रोकिएको छ ।

यतिबेला संघीय संसद् अन्तर्गतका १४ वटा विषयगत समितिमा १८ विधेयक छलफलका क्रममा छन् ।

२०७९ फागुन १२ मा दर्ता भएको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माघ ६ गते दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०८० असोज १६ गते दर्ता भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०७६ माघ ६ गते दर्ता भएको भ्रष्टाचार निवारण(पहिलो संशोधन) विधेयक, २०८० वैशाख २६ मा दर्ता भएको केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक, विद्युत् विधेयक २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, निर्माणमुखी सामग्री (व्यवस्था तथा नियमन) विधेयक, २०८० विभिन्न समितिमा बिचाराधीन छन् ।

भन्सार विधेयक २०८०, विद्युतीय व्यापार विधेयक २०८०, संघीय निजामती सेवा विधेयक २०८०, बैंक तथा वित्तिय संस्था सम्बन्धी (पहिलो संसोधन) विधेयक २०८०, जलस्रोत विधेयक २०८०, सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८०, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८०, धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक विचाराधीन छन् ।

Facebook Comments Box
TOP
144 Shares