मोरङका एसपी कार्की आर्थिक अनियमिततामा मुछिए :छानबिन गर्न समिति गठन

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की आर्थिक अनियमिततामा मुछिएका छन् । आर्थिक विवाद आएपछि प्रहरी प्रधान कार्यालयले उनलाई फिर्ता बोलाएर एसपी नारायणप्रसाद चिमौरियालाई पठाएको छ।

 २०८० साल फागुन २ गते मोरङ जिल्ला गएका कार्की गत कार्तिक २ गते तानिएका हुन् । उनले क्रिप्टो करेन्सीको कारोबार गर्नेसँग रकम लिएको आरोप छ । क्रिप्टोको कारोबारीको सूचना लिएर पक्राउ नगर्ने र मुद्दा नचलाउने शर्तमा कार्कीले २२ लाख रकम बुझेका हुन् ।क्रिप्टो कारोबार गर्नेसँग रकम बुझ्न उनले जिप्रकामा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराईलाई पठाएको प्रदेश प्रहरी कार्यालयले गरेको प्रारम्भिक छानबिनबाट थाहा भएको छ । छानबिनका लागी निगरानीमा राखिएका इन्स्पेक्टर भट्टराईले आफूले रकम लिएर कार्कीलाई बुझाएको ‘साबिति बयान’ दिएका छन् ।घटना छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहालको नेतृत्वमा समिति गठन गरिएको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले बताए । खापुङले भन्छन : ‘छानबिन समितिले काम गरिरहेको छ, प्रतिवेदन आएपछि मात्रै सत्य – तथ्य थाहा हुन्छ ।’छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलाबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतलाई प्रदेश प्रहरी कार्यालयमा झिकाइएको छ ।                                            ३ लाख बरामद                                                         क्रिप्टो कारोबार गर्नेसँग लिएको रकम कार्कीले उदयपुरस्थित घरमा लगेर राखेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटना बाहिरिएपछि गुपचुप राख्ने शर्तमा उनले एक जना बिचौलियालाई ३ लाख रुपैयाँ दिएको भेटिएको छ । प्रहरी स्रोतका अनुसार छानबिन समितिले सो रकम बरामद गरेको हो । आफूमाथि छानबिन सुरु भएपछि कार्कीले क्रिप्टो कारोबारीलाई नै फिर्ता गरेको अनुसन्धानमा संलग्न प्रदेश प्रहरी सोर्तले बतायो ।
Facebook Comments Box
TOP
465 Shares