

कीर्तिपुरका उम्मेदवार विरुद्ध कुनै पनि उजुरी परेन
काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।
२ मंसिर (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय तोकिएको थियो । दिउँसो ३ बजेसम्मका लागि तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी गराइन् ।
कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जनाले उम्मेदवारी दिएका थिए । वडा नम्बर १ र २ गरी २२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका उनले जानकारी दिइन् ।
दलगत रूपमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जनमत, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



